प्रदेशस्तरीय मदरसा शिक्षा समिती गठन हुने

समाचार

8/22/2019

अजय मिश्र, कपिलवस्तु, ५ भाद्र । नेपाल सरकार प्रदेश नं.५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले मदरसा शिक्षा कार्यविधी २०७६ समेत स्वीकृत गरेको छ ।

जसमा मुस्लिम समुदायका बाल–बालिकाको शिक्षा पाउने अधिकारको सुनिश्चतताको लागि वैकल्पिक माध्यमका रुपमा स्थापित मदरसाहरुको शिक्षामा मूलप्रवाहिकरणका लागि अवश्यक समन्वय सहकार्य र सहजीकरण गर्ने, दफा ३ बमोजिम उद्देश्य हाँसिल गर्नका लागि सहयोग पुर्याउन प्रदेश स्तरीय मदरसा शिक्षा समिती गठन हुनेछ भन्ने उद्देश्य राखिएको छ ।

उक्त निर्णयप्रति प्रदेश नं.५ का मुस्लिम समुदाय खुसी रहेको स्थानिय मुस्लिम अगुवाहरू बताउँछन । यसमा राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुलगनी अलकुफी, शैख जैस मक्की, प्रवक्ता मौलाना जहीर अहमद बरेलवीले प्रदेश सरकारको यस्तो निर्णय स्वागत योग्य रहेको जानकारी दिएका छन् ।

राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय महासचिव मौलाना मसहूद खां नेपालीले प्रदेश नं.५ का समाजिक विकास मन्त्री सुदर्शन बरालले जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरको वार्षिक कार्यक्रम सम्बोधनमा मन्त्रीले आफू मुस्लिम समुदायको हक हितमा रहेको र प्रदेशस्तरीय मदरसा शिक्षा समिती गठन गर्न पहल गर्ने कुरा भनेकोमा सो वाचा आज पुरा गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ