कपिलवस्तु, ६ पुस । पश्चिम तराई÷मधेशमा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सु कुहिरो र शीतलहर चलेसँगै चिसो पनि बढेको छ ।
शीतलहर चल्दा जनजीवन कष्टकर बन्न थालेको छ । अधिकाशं ठाउँमा हावा चलेपछि धेरै जना घरबाहिर निस्कन सकेका छैनन् ।
चिसो बढेको कारणले कपिलवस्तुको सदरमुकाम तौलिहवाको बजार तथा कार्यालयहरुमा चहलपहलप पनि कमी आएको सर्वसाधरण बताउँछन् ।
कपिलबस्तु भूक्षिचोक ६० वर्षीय धनश्याम भट्टराई विगत वर्षभन्दा यो वर्ष जाडो धेरै बढेको बताए । बाक्लो हुस्सु कुहिरो र शीतलहर चलेसंगै चिसो पनि बढेको छ ।
विशेष गरि बालबालिका, गर्भवती तथा सुत्केरी महिला तथा वृद्धवृद्धाहरुलाई चिसोले प्रभावित भएका छन् । अहिले केही दिन यता तौलिहवा आसपासमा १० डिग्रीभन्दा तापक्रम तल झरेको छ ।
तपाईको प्रतिक्रिया