कपिलवस्तु, ९ मंसिर । कपिलवस्तुको सदरमुकाम तौलिहवामा बालाचतुर्दशीअन्तर्गत पितृका नाममा सोमबार शतबीज छरिँदै छ ।
साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानदेखि शतबीज छर्दैछन् । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा रहदै अएको छ ।
भगवान शिव जी मृगरूप लिएर घुमेको मनिने क्षेत्रमा एक दान बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले मुक्ति पाउने धार्मिक विश्वास पनि रहेको छ ।
देशको विभिन्न शिवालय स्थलमा सोमबार बिहानदेखि शतबीज छर्नेहरुको घुइँचो लागेको छ ।
त्यसैगरी कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा रहेको श्री तमे्रश्वार नथा मन्दिर (तौलेश्वर) परिसर भित्रका क्षेत्रमा शतबीज छर्नेको विहानै देखि भिड लागेको छ ।
शतबीजमा धान, जौ, तिल, गहँु, चना, मकै, बदाम, कागुनो मिसाएर १०८ पटक मन्दिर को परिकर्म गरी शतबीज छर्ने चलन रहेको छ । श्री तमे्रश्वार नाथ मन्दिर (तौलेश्वर) मा विहानैदेखि भक्तजानको घुइँचो लगेका छ ।
शतबीज छर्ने टाढाटाढा देखि भक्तजानहरु आएक छन् । माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने बताइएको छ ।
तपाईको प्रतिक्रिया