स्कुल भवन शिलान्याश कार्यक्रम सम्पन्न

समाचार

11/11/2019

वीरगन्ज, २५ कार्तिक । सुफ्फह आयडियल एकेडमी –इस्लामिक स्कूल) को नयाँ भवनको शिलान्याश वीरगन्ज महानगरपालिकाको वडा नं. १४ स्थित बहुअरीमा भएको छ ।

शिलान्याश कार्यक्रमका प्रमुख अतिथि नेकपा वीरगन्जका महानगर अध्यक्ष कमरेड रहबर अन्सारीले सकारात्मक सोचका साथ आफ्नो बालबालिकाहरुलाई पढाऔं जो देशका असल नागरिक बन्न सकोस् भने अभिभावक र शिक्षकहरु तथा व्यवस्थापन पक्षलाई सुझाएका थिए साथै बिना शिक्षाको देश विकाशमा कुनै सहयोग हुन सक्दैन त्यसैले अभिभावक तथा शिक्षकहरुलाई आफ्नो डियुटी मात्र नबुझेर असल नागरिक बनाउनमा सहयोग गर्न बताएका थिए ।

त्यसैगरी इस्लामिक संघ नेपालका पर्सा जिल्ला अध्यक्ष जमिल अख्तरले इस्लामी शिक्षाबारे प्रकाश पार्दै आजको युगमा आधुनिक शिक्षाको पनि त्यति नै आवश्यकता छ त्यसैले हामी इस्लामिक शिक्षा र सरकारी स्तरका शिक्षालाई समावेश गरिएको व्यहोरा जानकारी गराएका थिए ।

उक्त शिलान्याश कार्यक्रम कुरानको पाठबाट शुरु गरेर विद्यार्थीहरुले इस्लामीक तराना सहित राष्ट्रिय गान पनि गाएका थिए भने इस्लामिक संघ नेपाल तथा अलहेरा एजेकेशन सोसायटीका सदस्य भोला मिया अन्सारीको अध्यक्षता रहेको थियो ।

जसमा इस्लामी संघ नेपालका प्रदेश अध्यक्ष मुज्तुबा अन्सारी, सुफ्फह आइडियलका संस्थापक अध्यक्ष डा मुजतबा अन्सारी, अलहेरा एजुकेशन सोसायटीका पर्साका ई. नुरुलहोदा आलम, समाजसेवी ग्यासुदिन मिया, इजहार अन्सारी, इजराइल अन्सारी, वडा नं. १४ का वडा सदस्य रफिक अन्सारी, अब्दुल रउफ अन्सारी, पत्रकार एसएम जहाँगस्त, कन्सट्रक्सन कम्पनीका मैनेजर दिलिप कुमार श्रीवास्तव, राम भजन गुप्ता लगायत शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ