शिवराज नगरपालिका–१० मा राजपा विजयी

समाचार

12/1/2019

कपिलवस्तु, १५ मंसिर । शिवराज नगरपालिका–१० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्र विजयी भएकी छ्न् ।

निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मतमध्ये ८ सय ६८ मत ल्याएर मिश्र विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देब भारतीले ४ सय ६५ मत ल्याएका छन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११, मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ