दिनेश ठाकुर, नेपालगञ्ज, १० कार्तिक । बाँकेको जानकी गाउपालिका वडा नं ३ रमवापुरमा ५० दिने शिशुको निधन भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।
स्थानीय बासिन्दाले खोप लगाएका कारण नाबालकको मृत्यु भएको भन्दै स्वास्थयकर्मीलाई कारवाहीको माग गरेका छन् ।
इन्द्रपुरका लामु्द्धिन नाउ शुक्रबार विहान १०.३० बजेतिर छोरालाई सुई लगाएर घर फर्केका थिए । बच्चाको शनिबार विहान ४ बजेतिर निधन भएको हो ।
स्वास्थ्य चौकीमा शुक्रबार शिविर संचालन भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख राम बहादुर चन्दले बालकको मृत्युको कारणका विषयमा छानविन हुने बताए ।
भ्याक्सिन लगाएको भोलीपल्ट घटना भएका कारण सोही कारण बालकको मृत्यु भएको भन्न नसकिने उनको भनाई छ ।
तर परिवारले आरोप लगाईसकेपछि केन्द्रबाट छानविन हुने उनले जानकारी दिए । परिवारले स्वास्थ्यकर्मीले फरक भ्याक्सिन लगाएका कारण ज्यान गएको दावी गरेका छन् । शिविरमा बालकलाई डिपिटी, पोलियोे र पिसिबीको सुई लगाईएको थियो ।
तपाईको प्रतिक्रिया