काठमाडौं, १५ पुस । पूर्वमहान्यायाधीवक्ता डा. युवराज संग्रौलाले उखु किसानमाथिको शोषणलाई घिन लाग्दो अत्याचारको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राख्दै उखु किसानको माग पूरा गर्न सरकार चुकेको आलोचना गरेका छन् ।
‘उखु किसानको शोषण घिनलाग्दो अत्याचार हो । हिजो संसारमा उपनिवेशवादीहरु यसै गर्थे । जनता लुटथे । आज यत्रो शोषण हुँदा न त राजनीतिक दल, न त सरकार न त नागरिक समाज, न त सत्ताको पुनरावृत्ति चाहने राजा कोही चुइँक्क बोल्दैन । के स्थापित हुन्छ, यसबाट?’, उनले भनेका छन । नेपालको राजनीतिलाई आडम्बरीको संज्ञा दिँदै उनले अर्काको पारिश्रमिक खानेलाई कारवाही नगरिएकोमा पनि प्रश्न उठाएका छन् ।
उनले सबैभन्दा धेरै नेपाली जनता आवद्ध कृषिक्षेत्रलाई नियोजितरुपमा प्रहार गरिएको दाबी गरे । उनले कृषिमन्त्रीले पनि कृषकलाई रकम नदिनेलाई सजाय दिनुपर्नेमा जोड दिएका छन् । संग्रौलाले देशमा समृद्धि गरिबको जीवन नउकासी नआउने पनि बताएका छन् ।
तपाईको प्रतिक्रिया