झापा, १६ फागुन । दमक नगरपालिका–१० स्थित जनता प्रावि स्कूलको मेनगेट लडन गई सोही मेनगेटमा च्यापियर नर्सरी कक्षामा पढने दमकनगरपालिका–१० डेरा गरी बस्ने मोरङ कानेपोखरी नगरपालिका–२ घर भएका छुका हेमरनको ७ वर्षीय छोरा बिजेन्दर हेमरनको बुधबार दिउसो मृत्यु भएको छ ।
उक्त मेनगेट लड्दाँ च्यापिएर गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही मेनगेट लड्दाँ च्यापिएर घाइते भएकीदमक नगरपालिका–१० बस्ने फुलमाया दर्जीको ९ वर्षीया छोरी तारा दर्जीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया