काठमाडौं, १ असार । काठमाडौंस्थित भारतीय राजदूतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा एक योग कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
सो कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी तथा राजदूतावासका पदाधिकारी लगायत सोलुखुम्बु जिल्लाको महिला तथा युवा समूहका सदस्यहरु, खुम्जुङ्ग र खुन्दे खानेपानी व्यवस्थापन समिति, खुम्जुङ्ग र खुन्दे महिला तथा युवा समूह, सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारी, एभरेस्ट भ्यू होटलका कर्मचारी तथा ठूलो संख्यामा स्थानीय बासिन्दाहरुको उत्साहजनक सहभागिता थियो ।
योग दिवसको सो कार्यक्रममा अनेक विदेशी पर्यटक, पर्वतारोही तथा अनुसन्धानकर्ताहरुले पनि सहभागीता जनाएका थिए ।
यस कार्यक्रमको मुख्य उद्देश्य दैनिक जीवनमा योगको महत्व उजागर गर्नुका साथै देश, महादेश तथा समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्यता स्थापना गर्नु रहेको दूतावासले जनाएको छ ।
समुद्री सतहदेखि १७,६०० फिट उचाइमा रहेको सगरमाथाको आधार शिविरमा पहिलो पटक योग मनाइएको हो । भारत गुजरातका भरत शर्मा तथा अन्य पर्वतारोहीहरुले विश्वकै सर्वोच्च शिखरको आधार शिविरमा योग अभ्यास गरी इतिहास रचे ।
तपाईको प्रतिक्रिया