सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

समाचार

10/31/2018

काठमाडौं, १४ कार्तिक । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ ।

अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक हुन् ।

इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले रु आठ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले रु ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा मङ्गलबार मात्रै गृह मन्त्रालयले पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि उद्योगी अग्रवाललाई बुधबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ