बुटवल, ६ पुस । माटोसँग मिल्न सक्ने नन्ओभन झोला उत्पादन गरी वातावरणीय सौन्र्दयमा महत्वपूर्ण भूमिका खेलेको साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज तिलोत्तमा–१४ रुपन्देहीले प्रथम साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाको सभाहलमा भएको साधारण सभाले प्लाष्टिकले बढ्दो वातावरणिय प्रदुषणलाई मध्यनजर गर्दै उत्पादनलाई बजार विस्तारमा विशेष जोड दिने निस्कर्ष पनि निकालेको छ ।
संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र ज्येष्ठ सेयर सदस्य ढगप्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा स्वागत मन्तव्य राख्दै सेयर सदस्य बेद प्रसाद न्यौपानेले साङ्लो बनाएर अगाडी बढ्ने उद्देश्यले सञ्चालित उद्योगको बजार विस्तारमा सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नु पर्ने बताए ।
न्यौपानेले वातावरणीय सौन्दर्यमा उद्योगले महत्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गर्दै सबै सेयर सदस्यका प्रतिनिधित्वमूलक एक एक उद्योग स्थापना गर्न सक्ने गरी अगाडी बढ्नु पर्ने बताए ।
तपाईको प्रतिक्रिया