सिंचाईको प्रारम्भिक परीक्षण

समाचार

7/19/2019

कैलाली, २ साउन । रानी–जमरा–कुलरिया सिँचाइको प्रारम्भिक परीक्षण गरिएको छ । मंगलबार मुख्य इन्टेकको गेट टेस्ट रन गरिएको हो ।

८ वटा हेड रेगुलेटर गेट जडान गर्नुपर्नेमा ३ वटा जडान भईसकेको र बाँकी जडानको काम भईरहेको जनाइएको छ ।

हाइड्रोपावर निर्माणाधीन अवस्थामा रहेकाले सञ्चालित पानी सेटलिङ बेसिनबाट पानी बाइपास गरिएको छ ।

हाइड्रोपावरको काम गर्दा जमिनमुनिबाट अत्याधिक पानी निस्कदा संरचना बनाउन समस्या भई केही ढिलाई भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ