सचेतना कार्यक्रम सम्पन्न

समाचार

7/1/2019

चितवन, १४ असार । भरतपुर महानगरपालिका २१ पार्बतीपुरस्थित मामा भान्जा पार्टी प्यालेसमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत लागूऔषध दुर्व्यसनी तथा सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय गितानगर चितवन र भरतपुर महानगरपालिका २१ को संयुक्त आयोजनामा संचालन भएको उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसनी, बालबिबाह, जबरजस्ती करणी लगायत घरेलु हिंसा समेतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा भानु माबि पार्बतीपुरको कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरु, स्थानीय जनप्रतनिधि, समाजसेवी, शिक्षकबर्ग समेतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ