सूचनाको हकबारे जानकारी पाउँदा गाउँमा खुशीयाली

समाचार

10/30/2018

सिरहा, १३ कार्तिक । सिरहा जिल्लास्थित सखुवानन्कारकट्टी गाउँपालिकामा पहिलो पटक सूचनाको हक सम्बन्धी कानूनी जानकारीको बारेमा अन्तरक्रिया एवं छलफल गरिएको छ ।

छलफलमा सहभागी सर्वसाधारण मात्र नभई मानवअधिकार पैरवीका संजालका सदस्यहरु समेत सूचनाको हक भनेर रेडियोमार्फत सुनेका थिए । तर यो कसरी प्रयोग हुन्छ भनेर पहिलो पटक गाउँमा छलफल भएपछि उनीहरु खुशी देखिएका थिए ।

सूचना अधिकारी एवं कार्यालय प्रमुखले सूचना नदिंदा वा तोडमोड गरेर सूचना दिंदा २५ हजार रुपैयासम्म जरिवाना, विभागीय कारवाही हुनसक्ने जानकारी पहिलो पटक पाएको रामचन्द्र साहले बताए ।

साहले सूचना नदिएपनि कर्मचारीलाई केही नहुने र ती अधिकारीलाई गर्न नसकिने भ्रम भएकै कारण गाउँमा यसबारे कसैले चाँसो समेत नलिएको स्विकारे ।

सूचनाको हकको निवेदनको ढाँचाबारे समेत अन्तरक्रियामा बिस्तृत छलफल भएको थियो । मानवअधिकार पैरवी संजालका संयोजक सत्यनारायण ठाकुरले गाउँपालिकाबाट यस आर्थिक बर्षको स्विकृत कार्यक्रम तथा बजेट माग गर्दा गाउँपालिकाको कार्यालयले नदिएको गुनाँसो पोखे ।

उनले अब सूचनाको हकको निवेदन दर्ता गराएरै सूचना लिने प्रतिवद्धता ब्यक्त गरे । अन्तरक्रियामा भगवती पौडेल, बबिता यादवसहितका सहभागीहरुले समेत सूचनाको हक प्रयोग गर्ने जानकारी दिए । सूचनाको हकबारे अन्तरक्रिया र छलफलको सहजीकरण राकेश प्रसाद चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ