वीरगन्ज, ७ माघ । जिल्ला प्रशासन पर्साद्वारा सूचनाको हकसम्बन्धि सूचना अधिकृत र सञ्चारकर्मीहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।
पर्सामा रहेका विभिन्न कार्यालयका सूचना अधिकृतहरुले सञ्चारकर्मीहरुलाई समयमा सूचना नदिएकोले समाचार सम्प्रेषण गर्न कठिनाई भएको पर्सेली सञ्चारकर्मीहरुले बताएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको सूचना सम्बन्धि भेटघाट कार्यत्रममा सबै कार्यालयका सूचना प्रमुखहरुको उपस्थितिमा कमी देखिएको थियो ।
साथै सञ्चारकर्मी र सूचना अधिकृत बीचको भेटघाट कार्यक्रममा जिल्ला प्रशासन कार्यालयभित्र रहेका कार्यक्रम कक्ष सानो भएकोले दर्जनौ सञ्चारकर्मीहरु कठिनाईका साथ उभेर कार्यक्रममा सरिक भएका थिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, सशस्त्र प्रहरी पर्साका प्रमुख, नेपाल प्रहरी पर्साका प्रमुख, पर्सेली सञ्चारकर्मीहरु र पर्सामा रहेका सूचना अधिकारीहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया