कपिलवस्तु, ६ माघ । नेपाली कांग्रेस र भातृ संस्था नेपाल तरुण दल कपिलवस्तुले संसदमा पारित गर्न ल्याएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन माग गरेको छ ।
कांग्रेस कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तुमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउँदै विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने हुंदा यसलाई सच्याएर लैजान सरकारलाई ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रशासक कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी एवं प्रशासकीय अधिकृत मनोज कुमार शैनीलाई बुझाइएको विरोध पत्रमा यदि सरकारले उक्त विधेयक नसच्याए संविधानको प्रतिकुल हुने र मौलिक अधिकार खोसिने हुंदा उक्त विधेयक सच्याएर अगाडि बढ्न सरकारलाई आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया