बुटवल, २ भदौ । विभिन्न कारणले घरवारविहीन भई सडकमा सुत्न बाध्य बालबालिकाको सन्र्दभमा सडक बालबालिका शून्यमा झार्ने अभियान सञ्चालन भएको छ ।
यसै क्षेत्रमा काम गरिरहेको सिर्जनशील संस्था नेपालले बुटवलमा शून्य सडक बालबालिका बनाउने अभियान सञ्चालन गरेको छ ।
वि.सं. २०५८ सालदेखि सञ्चालनमा आएको उक्त संस्थाले तीन वर्षयता बुटवललाई सडक बालबालिका मुक्त सहर बनाउने अभियानस्वरुप सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको छ ।
संस्थाले तीन वर्षयतादेखि हालसम्म करिब एक सय ५० बालबालिकालाई सडकबाट उद्धार गरेर केही समय संरक्षण गरी आश्रय प्रदान गर्ने, परिवारको सदस्यहरु खोजी गरी परामर्श र पुनर्मिलन गराउने, कुलतमा फसिसकेका बालबालिकालाई पुनस्र्थापना केन्द्रमा पठाउने लगायतका कार्य गर्दै आईरहेको संस्थाकी संयोजक कल्पना ढकालले बताएईनर ।
संयोजक ढकालका अनुसार हालसम्म यो संस्थाले ८३ जना बालबालिकालाई परिवारमा पूर्नमिलन गराईसकेको छ ।
त्यहाँ ल्याईएका बालबालिकालाई उनीहरुको अवस्थाअनुसार पुर्नस्र्थापना केन्द्रमा केही अवधिमा राखिने र उक्त समयमा उनीहरुमा आउने परवर्तन अध्ययन गरी सकारात्मक परिर्वतन देखापरेका बालबालिकालाई उनीहरुको रुचिअनुसार अवसर प्रदान गर्ने ढकालले बताईन् ।
तपाईको प्रतिक्रिया