सुनसरी, ३ मंसिर । इटहरी उपमहानगरले रानी विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनासँग आवश्यक सबै कागजपत्र उपलब्ध गराइदिन माग गरेको छ ।
उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीदेखि तरहरासम्मको सडकको विभिन्न ठाउँमा नाप्ने कार्य भएको छ ।
सडक निर्माण कार्यमा समन्वय, सहकार्य र सहयोग गर्ने प्रयोजनका लागि इटहरी तरहरा सडक खण्डको डिपीआर, खरिद सम्झौता लगायतका कागजपत्र उपलब्ध गराउन माग गरेको जनाइएको छ ।
इटहरी तरहरा सडक खण्डमा फरक फरक मापदण्ड कायम गरि निर्माण भइरहेको भन्ने विषयमा अन्यौल कायम भएको भन्दै विभिन्न संघ सस्थाले उपमहानगरको ध्यानाकर्षण गराइरहेकाले कागजपत्र माग गरिएको पत्रमा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया