साढ़े १४ लाखको सामान पक्राउ

समाचार

2/20/2019

रौतहट, ७ फागुन । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नंबर ८ लक्ष्मीपुर बेलविच्छबामा रहेको सशस्त्र प्रहरी बल बीओपिका इन्स्पेक्टर पशुपति खनालले साढे १४ लाख मूल्य बराबरको सामान बरामद गरेका छन् ।

स्थानीय वडा नंबर ८, ९ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालमा चोरी पैठारी गारी ल्याउँदै गरेको उक्त मूल्य बराबरको सामान पक्राउ गरेको हो । कैम्प दशगाजा नजिकै रहेको छ ।

भारतबाट राजश्व छली गारी ल्याउँदै गरेको सुराकीको आधारमा खटि गएको सशस्त्र प्रहरीका टोलीले एउटा ट्रैक्टर, एक थान मोटर साइकल, कपडा लत्ता पलास्टिकको कुर्सी लगायतका सामान पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक खनालले जानकारी गराएका छन् ।

खुल्ला सिमाना भएकोले विभिन्न किसिमका तस्करी हुने आशंका रहेकोले निगरानी कडा गरिएको उनले बताएका छन् । इन्स्पेक्टर खनालको कार्य देखेर अवैध कारोबार गर्नेहरु भयभीत भएका छन् ।

भारतबाट नेपालमा भित्र्याउँदै गरेको २ लाख २५ हजार २ सय मूल्य बराबरको कास्मेटिक सामान, टेन्टको कपडा, त्रिपाल, कुर्सी रहेका छन् ।

नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा न्यू होलैण्ड कम्पनीको इन्जिन नम्बर आर ०६०६०९ के को ट्रैक्टर र १५० सीसी भएको पल्सर मोटरसाइकल १२ लाख २७ हजार मूल्य बरावरको सामान रहेको छ ।

१४ लाख ५२ हजार २ सय मूल्य बराबरको पक्राउ परेको सामान कार्यवाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको इंस्पेक्टर खनालले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ