कपिलवस्तुमा गोली चल्यो, स्थिति तनावग्रस्त

समाचार

10/31/2019

मणि प्रसाद र्गैेह्रे, कपिलवस्तु, १४ कार्तिक । कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्युको अवज्ञा गर्दा १ जना स्थानीयको ज्यान गएको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको हो ।

झडपमा प्रहरीको गोली लागेपछि स्थानीय कृष्णनगर नगरपालिका वडा नं २ का २० बर्षिय सुरज पाण्डेयको मुत्यु भएको बताइएको छ । स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको छ । 

बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान झनै ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ । मूर्ति विसर्जन गर्ने क्रममा रुटको विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो । विवाद मिलाउन खोज्दा प्रहरीमाथि नै जाइलागेपछि स्थिति थप तनावग्रस्त बनेको हो । प्रशासनले विहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फयू जारी गरेको छ ।

कर्फयू कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर र पूर्व तर्फ ३ सय मिटर क्षेत्रमा कर्फयू जारी गरिएको प्रशासनद्धारा जानकारी दिइएको छ । गत बर्षपनि कृष्णनगरमा दुर्गा पूजाको मूर्ती विसर्जनका बेला यस्तै कफ्र्यु जारी गरिएको थियो । बेला बेला कृष्णनगर क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदै आएको छ । स्थानीय पाण्डेयको मुत्यु पछि अहिले स्थानीय प्रहरी प्रति झनै आक्रोशित भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ