बर्दिवास, १८ मंसिर । यहाँस्थित यातायात सेवा कार्यालयबाट सम्पादन हुने सेवा रोक्न षड्यन्त्र भएको आरोप लगाउँदै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।
शुक्रबार सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको तयारी भइरहेका बेला यातायात सेवा कार्यालयका निमित्त प्रमुख पोषण थापालाई यातायात व्यवस्था विभागमा लगेर सेवा रोक्न खोजिएको भन्दै स्थानीयवासीले मंगलबार दिउँसो एक घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।
तपाईको प्रतिक्रिया