बुटवल, ९ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन सुरु भएको छ । लगानी सम्मेलनमा विभिन्न देशका लगानीकर्ताहरुको उपस्थिती रहेको छ ।
काठमाडौं बाहिर पहिलोपटक आयोजित लगानी सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । लगानी सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले आफ्नो वतव्यका क्रममा संघीय ऐन कानूनहरु झन्झटिलो र लगानीमैत्री नभएको गुनासो गरेका छन् । आज रुपन्देहीमा सम्बोधन गर्दै उनले केन्द्रीकृत र एकात्मक मानसिकता संघीय सरकारले नत्यागेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताए ।
स्थानीय तहमा पहिलोपटक तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेर संघीयतामा स्थानीय तह पनि सक्षम छन् भन्ने सन्देश दिएको बताउँदै उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारबीच कानून निर्माण र सोंचमा एकरुपता हुनुपर्छ ।’
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय र स्वदेशी उत्पादन अनिवार्य प्रयोगको नीति तीनै तहका सरकारले बनाउनुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया