वीरगन्ज, ८ असोज । नेपाल सरकार पशु सेवा विभागद्वारा ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वास्थ्य मासु’ भन्ने प्रचार सामग्रीप्रति हिन्दू परिषद् नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएक छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हिन्दू धर्ममाथिको आक्रमण बन्द गर !! नेपाल सरकार पशु सेवा विभाग द्वारा “बधशालादेखि भान्सासम्म स्वच्छ र स्वास्थ्य मासु” भन्ने प्रचार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
नेपाल सरकारबाट प्रकाशित सामग्रीमा गाई काटेर खानु पर्छ भन्ने अभिव्यक्ति यो धर्मनिरपेक्ष सरकारले गरेको भन्दै अध्यक्ष पटेलले यस्तो निन्दनीय कार्यको जति विरोध गरे पनि कम नै हुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘हामी हिन्दू धर्मावलम्बीहरुले गाईलाई आमा समान मान्छौं र पूजा गर्दछौं । त्यस्तै गाई हाम्रो देशको राष्ट्रिय जनावर पनि हो, त्यसैले गाईलाई मासुजन्य वस्तुको रुपमा प्रयोग गर्नु हाम्रो हिन्दू धर्ममाथिको धेरै ठूलो आक्रमण हो । यस्तो कार्यले हिन्दू धर्मावलम्बीहरूको भावनामा गहिरो चोट पुगेको छ ।’ उनले भनेका छन् ।
उनले यस्तो गल्ती सच्याउन र पुनः यस्तो गल्ती नदोहोर्याउन र हिन्दू धर्ममाथिको आक्रमण बन्द गर्नको निम्ति नेपाल सरकारसँग परिषद्ले आग्रह गरेको छ ।
आज नेपालमा बिभिन्न बहानामा हिन्दू धर्म र संस्कृति माथि प्रहार भइरहेको घटना नउलो होइन।कहिले गौ हत्या,कहिले मन्दिर तोड़फोड़,जबरजस्ती धर्म परिवर्तन गराउने, कहिले क्रिशचन राष्ट्र बनाउने सडयंत्र जस्ता दर्जनों उदाहरण रहेका छन।नेपालमा धर्म परिवर्तन कार्य नरोकिऐ मुलुक बिखण्डन हुने निश्चित रहेको पटेलले दाबी गरे ।
कम्युनिस्ट सरकार माथि क्रिश्चनतन्त्र हाबी भएको भन्दै उनले मुलुकको लागि घातक रहेको जनाएका छन् ।
तपाईको प्रतिक्रिया