रुपन्देही, ११ असार । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागि ९० करोड ८५ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ ।
मंगलबार नगर प्रमुख चित्रबहादुर कार्कीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४४ करोड ११ लाख १० हजार र पुँजीगततर्फ ४६ करोड ७४ लाख ४१ हजाररुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त अनुदान ६६ करोड २ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान ४ करोड ८६ लाख ५५ हजार, जिल्ला समन्वय समितिबाट ३ करोड १८ लाख ८२ हजार ५ सय ५५ रुपैया, आन्तरिक स्रोतबाट १३ करोड १५ लाख ५५ हजार र बचत तथा न्युन पूर्तिबाट ३ करोड ६२ लाख ५८ हजार ४ सय ४५ जुटाउने उल्लेख गरिएको छ ।
बजेटमा सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ सरलीकृत र प्रभावकारी बनाइने उल्लेख छ । ज्येष्ठ र अपाङ्ग नागरिकको भावनालाई कदर गर्दै प्रदेश सरकारसँगको सहकार्यमा वडा नं. १ मा प्रदेश स्तरको जेष्ठ नागरिक ग्राम र अपाङ्ग ग्राम स्थापना गरिने उल्लेख छ ।
तपाईको प्रतिक्रिया