सैनामैनामा विरूवा रोप्ने अभियान

समाचार

7/5/2019

रूपन्देही, १९ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सैनामैना नगरपालिकाले विरूवा रोप्ने अभियान सुरू गरेको छ ।

सैनामैनाले आफ्नो क्षेत्रका वनमा २० हजार बिरूवा रोप्ने जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फाराम भरेकालाई वृक्षरोपणमा संलग्न गराइएको जनाइएको छ ।

कार्यक्रम एक साता चल्नेछ । चिउरी, अम्बा, अमला, खन्युलगायत करिब २० हजार बिरूवा रोपिने नगरपालिकाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत सैनामैनालाई ३९ लाख रूपैयाँ प्राप्त भएको थियो । त्यसमा नगरपालिकाले १० लाख थपेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ