काठमाडौं, २० असार । विकासक्रमसँगै मानिसहरुको खानपानमा आएको परिवर्तन र व्यस्त जीवनशैली तथा प्रदुषित वातावरणले मानव स्वास्थ्यमा गम्भीर किसिमको प्रतिकुल प्रभाव पर्ने तथ्य निर्विवाद छ ।
न्यून आर्थिक स्थिति र कुपोषणयुक्त खानपानले मानिसहरु घातक रोगहरुबाट अझ बढी पिडित भएका छन् । मध्यम वर्गिय सम्मको हाम्रो समाजमा क्यान्सर, पक्षघात, हृदयघात, मृगौला, कलेजो सम्बन्धि रोग बाट परिवारको कुनै एक सदस्य पिडित भएमा कमजोर आर्थिक स्थितिले गर्दा त्यस्तो बिरामीले मृत्यु वरण गर्नुको विकल्प छैन ।
हाम्रा स्वास्थ्य प्रतिष्ठानहरु सरल र शुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापित भएका छन, तथापी ति स्वास्थ्य प्रतिष्ठानहरु बढी व्यवसयिक भएको हुँदा सामान्य विरामीले शुलभ स्वास्थ्य सेवा पाउन सामान्यतया सम्भव देखिदैन ।
हाम्रो स्वास्थ्य क्षेत्रमा देखिएको यस्तो कहाली लाग्दो अवस्थालाई मध्यनजर गरि गैर आवासीय नेपालीहरुको समुहद्वारा प्रवद्र्धित यस सानिमा लाईफ इन्स्योरेन्स लि. ले मुख्य ११ वटा घातक रोगहरुको स्वास्थ्य सुरक्षा वीमा योजना जनसमक्ष प्रस्तुत गरिएको छ ।
यस योजना अन्तर्गत वीमा प्रस्तावकले निर्धारीत बीमा शुल्क तिरी घातक रोग सुरक्षाको लागि बीमा गर्न सकिन्छ ।
बीमीत घातक रोगबाट पिडित भएको प्रमाणीत भएमा शर्तहरुको परिधि भित्र रही मुल बीमाङ्कको आधारमा रु. ५०,००,०००।– सम्म वीमा सुविधा एकमुष्ट प्रदान गरिनेछ । यस कम्पनीले जन समक्ष प्रस्तुत गरेको घातक रोग रक्षावरण योजना बाट जीवन सुरक्षाका लागी अधिकतम लाभ लिन सकिने छ ।
तपाईको प्रतिक्रिया