सोनाम ल्होसारको अवसरमा प्रदेश २ मा सार्वजनिक विदा

समाचार

2/5/2019

जनकपुरधाम, २२ माघ । तमाङ्गहरुको विशेष पर्व सोनाम ल्होसारको अवसरमा प्रदेश २ को सरकारले सार्वजनिक विदा दिएको छ ।

मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मंगलबार एक विज्ञप्ति जारी गरी सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै सार्वजनिक विदा दिएको जनाएका छन् ।

मञ्जुश्री पात्रोअनुसार माघ शुक्ल प्रतिपदाका दिनदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुने अवसरमा मनाइने सोनाम ल्होसार पर्वले सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास मुख्यमन्त्रीले व्यक्त गरेका छन् ।

‘यस्ता चाडपर्वहरुले भातृत्वको सन्देश दिनुका साथै विश्वमै नेपालको मौलिकता समेत उजागर हुने भएकाले यस्ता पर्वहरुको संरक्षण सम्बर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको छ ।’ शुभकामना वक्तव्यमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ