सोनाम ल्होसारको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

समाचार

2/5/2019

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकाना व्यक्त गरेका हुन् ।

सोनाम ल्होछार तामाङ जातिले नयाँबर्षको रुपमा समेत मनाउने मौलिकपर्व हो । जस अनुसार यो बर्ष सोनामल्होछार–२८५५ हो । तामाङ भाषामाल्होछारको अर्थ नयाँबर्ष हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ