सप्तरीमा आगलागीबाट १० लाखभन्दा बढीको क्षति

समाचार

12/5/2019

सप्तरी, १९ मंसिर । हनुमाननगर कंकालनी नगरपालिका–३ पोर्ताहामा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति भएको छ ।

शिवनरायण भिन्दारको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा भिन्दारको समेत ४ जनाको घर जलेर करिब १० लाख २३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ