सप्तरीमा सीमा सम्वाद समूहको अन्तरक्रिया

समाचार

9/22/2018

राजविराज, ५ असोज । सीमावर्ती क्षेत्रमा खुला सीमा बन्द गरी परिचय पत्र लागू गर्ने षडयन्त्र भइरहेको प्रति सप्तरीवासीले आपत्ति जनाएका छन् ।

नेपाल–भारत खुला सीमा सम्वाद समूहद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले नेपाल र भारत बिचको रोटीबेटीको सम्बन्धलाई थप प्रगाढ बनाउनुको सट्टा सम्बन्धमा बाँध ल्याउने काम भएको भन्दै दुबै देशको जनताको आवतजावत तथा सम्बन्धमा ठूलो समस्या हुने बताए ।

नेपाल भारतको सम्बन्ध सीमासहित रहेकोले बिपतको बेलामा एक आपसमा सहयोगका लागि तारवार आवश्यक नरहेको बताए ।

सो कार्यक्रममा इतिहासविज्ञ डा. पिताम्वर यादवले दुबै बिचको धर्म संस्कृतिप्रति प्रतिबन्ध लगाई मधेशमै प्रतिबन्ध लगाउने काम भईरहेको उनको आरोप थियो ।

उनले भने खुला सिमा सम्वाद समूहले मेचीदेखि महाकालीसम्मका जनतालाई यसको वास्तविक कुरालाई बुझाउन अभियान संचालन गर्नु पर्ने बताउँदै संसदसम्म पुर्याउनुको विकल्प नरहेको बताए ।

सो अवसरमा राजपाका केन्द्रीय सदस्य तथा क्याम्पसका पूर्वप्रमुख अमरकान्त झाले सीमामा बोर्डर सिल लगाउनु भन्दा दुबै जनताको राय लिएर भावनालाई बुझेर थप सम्बन्धमा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन् ।

दुबै देशक जनताले एक अर्काको देशमा खुल्ला रूपमा किनमेल र बैवाहिक सम्बन्ध जोडने गरेको यो सम्बन्धलाई अझ बिस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

उक्त सम्वाद कार्यक्रमका भारत बिहार कुनौली प्रखण्डका मुखीया सत्यनारायण रजक तथा निर्मली प्रखण्डका पुर्व मुखिया अरबिन्द गुप्ताले नेपाल भारतको सीमावर्ती क्षेत्रमा मा हुने तस्कार र अपराधी क्रियाकलापलाई नियन्त्रण गर्ने भारत सरकार नीति भएको बताए ।

बर्षाे देखि नेपाल भारत खुल्ला सिमा बन्द गर्नाले नेपाल मात्र नभई भारतीय सिमा बर्ती क्षेत्रका बजार समेत प्रभाबित हुने भएकोले दुबै देशका जनताका आवतजावतको सुबिधालाई मध्यनजर गर्दै भारत सरकारले अर्का ब्यबस्था गरी खुल्ला गर्नुपर्नेमा माग गरे ।

यसैगरी सो अन्तकृयामा सम्वाद समूहका संयोजक तथा राजपाका महासचिव राजिव झा, सहमहासचिव एंव प्रदेश सांसद नेत्रबिक्रम साह, सहमहासचिव गजेन्द्र मण्डल, राजपा केन्द्रिय सदस्य तथा प्रदेश सांसद बिदेश्वर प्रसाद यादब, राजपा केन्दीय सदस्य तथा पुर्व सांसद बिपी यादब केन्दिय सदस्यहरू दिनेश यादब, नरेन्द्र यादब, बिशेश्वर रजक, अमरनाथ मण्डल, पुनम यादब, जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादब, राजबिराज नगरपालीका प्रमुख शंभु यादब, छिन्मस्ता गापा अध्यक्ष सुर्य नारायण मण्डल, उपाध्यक्ष उषा मण्डल, राजबिराजका उपमेयर साधना झा, युवा नेता ईर्साद अंसारी, १२ का अध्यक्ष राजेन्द्र यादब, कोशी पिडित समाज का देब नारायण यादब, राजपाका युवा नेता किसोर यादब, शंभु यादब, सम्वाद समुहका अनिल महासेठ, राजपाका मनोज झा, बिनोद मण्डल, लगायतले नेपाल भारत सिमा खुल्ला रहनु पर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ