सभामुख महरालाई तुरुन्त राजीनामा दिन साझा पार्टीको माग

समाचार

10/1/2019

काठमाडौं, १४ असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि भर्खरै सार्वजनिक भएको बलात्कारको आरोपप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

हालसम्म प्राप्त सूचना र आरोपको गम्भिरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन साझा पार्टीले जोडदार माग गरेको छ ।

साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गरी उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ । साझा पार्टी छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजाँयको माग गर्दछ ।’

अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गंभिर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो, विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ