नेपालगञ्ज, ३१ बैशाख । दिनानुदिन गर्मी बढेसँगै नेपालगञ्जमा विद्युतीय सामग्रीको व्यापार बढेको छ । गर्मीबाट बच्न आवश्यक सामान किन्न बजार धाउनेहरुको संख्या पनि बढ्न थालेको छ ।
गमी बढेसँगै र लोसेडिङ घटेसँगै विद्युतीय सामग्रीप्रति उपभोक्ताको आकर्षण बढ्दै गर्ईरहेको छ ।
गर्मीबाट बच्न उपभोक्ताहरु पंशा, एसी र कुलरलगायतका विद्युतीय सामग्रीप्रति आकर्षित बनेका छन् त्यसैले यी व्यवसायमा सक्रियहरुलाई यतिबेला भ्याइनभ्याइ छ ।
बजारमा एलजी, सामसुङ ब्राण्डका साथै भारतीय ब्राण्डका पंखा, कुलर, एसीजस्ता सामग्रीहरुको माग बढी भएको यहाँका स्थानीय बताउँछन् ।
तपाईको प्रतिक्रिया