शैक्षिक सामाग्री प्रदान

समाचार

12/26/2019

कपिलवस्तु, १० पुस । कपिलवस्तुमा नेविसंघ र तरुण दलले गरिव तथा जेहेन्दार विद्यार्थीका लागि शैक्षिक सामाग्री र विद्यालयलाई जिन्सी सामाग्री प्रदान गरेको छ ।

कपिलवस्तुको बाणगंगा ३ भक्तौलीमामा रहेको गौरी भवानी मा.विका वालविकास देखि कक्षा ५ सम्मका विद्यार्थीलाई सो सामाग्री प्रदान गरिएको हो । विद्यार्थीलाई खाजा वोक्ने टिफिन ९० थान, कक्षा ६ देखि १० सम्म पढ्ने १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लत्ता कपडा बितरण गएिको हो ।

त्यस्तै विभिन्न खेलकुदका सामग्रीहरु सहित पानी शुद्धिकरणका लागि फिल्टर मेसिन, स्टील दराज, प्लाष्टीक कुर्सी २० थान गरी एक लाख भन्दा बढिको सामाग्री हस्तान्तरण गरिएको हो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ