रौतहट, २८ कार्तिक । रौतहट जिल्लाको उत्कृष्ट मेलाको रुपमा लाग्ने सामाचकेवा महोत्सव संन्तपुरमा बुधबारदेखि शुरु भएको छ । चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा विगत वर्षझैं यस वर्ष समेत मेला लागेको हो ।
सन्तपुर मेला ४४ औ वर्षमा प्रवेश गरेको मेला आयोजक समितिका अध्यक्ष प्रमोद चौधरीले बताए । थारु समुदायका सामाचकेवा पर्वका अबसरमा हरेक बर्ष मेला लाग्दै आएको छ । मेलाको उद्घाटन रौतहट क्षेत्र नं ४ का संघीय सांसद देव प्रसाद तिमल्सिनाले गरेका हुन् ।
मेलामा थारु कल्चर डान्स, थारु झाकी, थारु संस्कृति झल्काउने विभिन्न कार्यक्रम हुने मेला समितिका अध्यक्ष प्रमोद चौधरीले बताए । मेलामा मौतका कुवा, पिंग र बालबालिकाका लागि मनोरञ्जनात्मक साधनहरु रहेका छन् ।
तपाईको प्रतिक्रिया