सामाजिक विकास मन्त्रालयले सांस्कृतिक महोत्सव गर्ने

समाचार

11/11/2018

विराटनगर, २४ कार्तिक । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले छठ पर्वको अवसरमा सबै पर्वको सांस्कृतिक महोत्सव झल्किने गरी छठ महोत्सवको आयोजना गर्ने भएको छ ।

कातिक २८ गते विराटनगर महानगरपालिकाको आदर्श उच्च माविको प्राङ्गणमा आयोजना हुने सो महोत्सवका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीका बारेमा अवगत गराइएको थियो ।

महोत्सव मनाउन प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा प्रदेशका मन्त्री, प्रदेश मन्त्रालयका सचिव, महानगरपालिकाका प्रमुख, मुख्य न्यायाधिवक्ता, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, उद्योग सङ्गठन, मोरङ व्यापार सङ्घका प्रतिनिधि रहने गरी १०१ सदस्यीय शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम तथा चियापान व्यवस्थापन मूल समारोह समिति गठन भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ