वीरगन्ज, १० मंसिर । बारा जिल्लाको बरियारपुरमा गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा हुने गरेको बलीप्रथा रोक्नुपर्छ भन्ने अभियान चलाउनेहरुलाई स्थानीय युवाहरुले कुटपिट गरेका छन् ।
अभियन्ताहरुले गढीमाई मेलामा हुने बलीप्रथा रोक्नुपर्ने भन्दै प्रचारबाजी गर्दै हिंडिरहेका थिए ।
बलीप्रथाविरुद्ध भाषणबाजी गरेर ती अभियानीहरु होटलमा मासुभात खाँदै गर्दा युवाहरुले उनीहरुलाई घेराबन्दी गरे ।
‘बहुत मिठो लाग्दो होला मटनखाना है ?’ एक युवाले ती अभियानीहरुलाई सोधे । होटेल परिसरभित्रै युवाहरुले ती अभियानीहरुलाई घेराबन्दीमा पारे । त्यतिकैमा सुरक्षाकर्मीहरु पनि आइपुगेका थिए ।
एक युवाले ती अभियानीहरुलाई भने, ‘मासुभात खाने अनि बलिप्रथा रोक्नुपर्छ भन्दा लाज लाग्दैन ।’ त्यसैक्रममा अभियानीहरुमाथि आक्रोशित युवाहरु जाइलागेका थिए ।
धार्मिक आस्थामाथि प्रहार गर्न खोजेको भन्दै तिनीहरुलाई कुटपिट पनि गरिएको थियो । जब–जब गढीमाई मेला हुँदा तब मात्र यस्ता कुरा ल्याइने गरिएको एक युवाको आरोप थियो ।
‘काठमाडौंमा दिनहुँ हजारौं भैंसी, खसी बोका, कुखुरा, सुँगुर, बँगुरहरुको बली प्रदान हुन्छ किन कोही एक शब्द बोल्दैनन् ?’ एक युवकले प्रश्न तेर्साए ।
<iframe src="//www.youtube.com/embed/jHZKitZA5-k" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>
तपाईको प्रतिक्रिया