जनकपुरधाम, १ साउन । समाजवादी पार्टी नेपाल प्रदेश नं. २ का प्रदेश सभा सदस्यहरुले १५ दिनको तलब बाढीपीडितको राहतका लागि उपलब्ध गराउने भएका छन् ।
समाजवादी पार्टी संसदीय दलका नेता समेत रहेका प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सभा सदस्यहरुले १५ दिनको तलब राहतको लागि दिने निर्णय भएको जानकारी गराएका छन् ।
यसअघि मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुको एक महिनाको तलब दिने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया