प्रधानमन्त्रीको ‘डिनर’ समाजवादी पार्टीद्वारा बहिष्कार

समाचार

11/24/2019

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्का नयाँ र पुराना मन्त्रीलाई बालुवाटारमा दिएको डिनर समाजवादी पार्टीले वहिष्कार गरेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवासमा नयाँ र पूराना मन्त्रीका परिवारसहितलाई बालुवाटार डिनर दिएका थिए । शनिबार साँझ ६ बजेदेखि राति ८ बजेसम्म डिनर चलेको थियो । प्रधानमन्त्रीको डिनरमा नेकपाका तर्फबाट मन्त्री भएका नवनियुक्त र निवर्तमान मन्त्रीहरु सपरिवार उपस्थित भएका थिए ।

तर सत्ता सहयात्री समाजवादीबाट उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक राई भने प्रधानमन्त्रीको डिनरमा सहभागी भएनन् । स्वास्थ्य तथा उपप्रधानमन्त्री यादव देशबाहिर रहेका बेला प्रधानमन्त्री ओलीले सामान्य सल्लाहसमेत नगरी एकलौटी ढंगबाट मन्त्रिपरिषद् पुनर्गठन गरेको र यादवको जिम्मेवारी फेरिएपछि समाजवादी पार्टी रुष्ट भएको छ ।

प्रधानमन्त्रीको डिनरमा अनुपस्थित हुनुलाई त्यसैको विरोधका रुपमा हेरिएको छ । यादवलाई स्वास्थ्यबाट कानुनमा पठाइएको छ भने उनका राज्यमन्त्री सरेन्द्र यादवको पद खोसिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ