स्मृतिमा वृक्षारोपण

समाचार

7/28/2019

वीरगंज, १२ साउन । ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले शनिबार ११ औ चरणको वृक्षारोपण सम्पन्न गरेको छ ।

वृक्षारोपण अनन्त अग्रवालको स्मृतिमा गरिएको र वृक्षारोपणद्वारा ग्रीन सिटीले अनौठो र नौलो परम्परालाई आगाडी बढाएको जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई त्यस्तै अतिथिहरुमा प्रहरी उपरीक्षक सोमेन्द्र कुमार राठौर, प्रहरी नायब उपरीक्षक अनन्त राम शर्मा, आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कृष्ण कोइराला, वीरगन्ज महानगरपालिका मुख्य प्रशासकिय अधिकृत उमेश बस्नेत, ग्रीन सिटीका सदस्यहरु, जीवन विज्ञान संस्थाका सदस्यहरु, शिक्षक तथा विद्यार्थी, अनन्त अग्रवालका परिजन, सञ्चारकर्मी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ