समृद्धिको जनआकाक्षा सम्बोधन गर्ने बेला आयो : मुख्यमन्त्री पोखरेल

समाचार

9/21/2018

चन्द्रकान्त खनाल, रुपन्देही, ४ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अधिकारमुखी आन्दोलन छाडेर समृद्धिको जनआकाक्षा सम्बोधन गर्ने बेला आएको बताएका छन् ।

वुटवलमा भएको प्रदेशस्तरीय संविधान दिवस समारोहलाई बुधबार सम्बोधन गर्दै उनले नयाँ संविधानपछि मूलूक राजनितिक दुश्चक्रबाट बाहिर आएको बताए ।

संविधान अनुसार तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत सरकारको नेतृत्व सम्हालेदेखि संघीयताको व्यवहारिक कार्यान्वयन शुरु भएको बताए । उनले प्रदेश सरकार योजनाबद्ध विकास गर्ने कोसीसमा रहेको बताए ।

उनले यो बर्ष प्रदेशको आवधिक योजना तर्जुमा गर्ने र आवश्यक कानुनहरु निर्माण गर्ने बर्षको रुपमा अघि बढाउने बताए । मुख्यमन्त्री पोखरेलले संविधानले सोहीबाटोतर्फ अघि बढ्न निर्देश गरेको भन्दै राष्ट्रिय एकता र अखण्डता कायम गर्दै अघि बढ्ने प्रण गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ