समृद्धीका लागि भ्रष्टचार बाधक : मन्त्री यादव

समाचार

9/22/2019

सिरहा, ५ असोज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादवले समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार बाधक रहेको बताएका छन् ।
सिरहाको गोलबजारमा भएको कार्यक्रममा मन्त्री यादवले समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार विराधी आन्दोलन चलाउनुपर्ने बेला भएकाले यसका विरुद्ध नागरिक र युवा समाजले आन्दोलन गर्नुपर्ने वेला भएको दावी गरे ।
युवा, नागरिक समाज भ्रष्टाचार विरोधी आन्दोलन चलाउनुस्, म पनि त्यो आन्दोलनमा सहभागी हुन्छु, उनले भने ’
मन्त्री यादवले अरुको देशबाट सामान ल्याएर बेचेरमात्र मुलुक समृद्ध नबन्ने भन्दै आफ्नै देशमा सामान उत्पादन गरेमात्र मुलुक समृद्ध बन्ने बताए ।
कार्यक्रममा नेकपाका नेता लिलानाथ श्रेष्ठले गोलबजारलाई औद्योगीक करिडोरको रुपमा विकास गर्न सरकारसँग माग गरे ।
उनले सिरहाको गोलबजार सवै हिसावले औधोगिक विकास गर्न सकिने स्थान भएकोले केन्द्रीय सरकारको नीति तथा योजनामा गोलबजारलाई औधोगिक करिडोर निर्माण गर्ने कार्ययोजना राख्न माग गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ