कपिलवस्तु, ७ माघ । स्थानीय स्तरमा समुदायमा हस्तान्तरण भएका सामुदायिक वनहरुले विकासमा टेवा दिने सरोकारवालाहरुले बताएका छन् ।
आदर्श सामुदायिक वन उपभोत्ता समूह बुद्धभूमि १ को नवांै साधारण सभामा बोल्ने सरोकारवालाहरुले वनको संरक्षण र विकास गरेमा वनले विकास दिने बताएका छन् ।
कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक वनको विकास र संरक्षण गरेमा वनको आम्दानीले स्थानीय क्षेत्रको विकास हुने बताए ।
सामुदायिक वनको आम्दानीले समुदायका नागरिकहरुको विकासमा टेवा दिनुको साथै आयआर्जन गरी आर्थिक रुपमा समेत बलियो हुने श्रेष्ठले बताए ।
सो अवसरमा बोल्दै सामुदायिक वन उपभोत्ता महासंघ कपिलवस्तुका अध्यक्ष होमनाथ भट्टराईले सामुदायिक वनको कारण वन संरक्षण र वनबाट आम्दानी र स्थानीय समुदायको विकास भएको हुँदा सामुदायिक वन क्षेत्रलाई सरकारले थप सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै बुद्धभूमि नगरपालिका वडा नं १ का अध्यक्ष तेजबहादुर बस्नेतले वडाभित्र १२ वटा सामुदायिक वन भएकोले वनहरुले वातावरण संरक्षणका साथै स्थानीय क्षेत्रको विकासमा बाटो, विद्यालय, गरिब जेहेन्दारलाई आर्थिक सहयोगको क्षेत्रमा काम गरेको बताए ।
नगर वन समन्वय समितिका अध्यक्ष बलराम भुषालले स्थानीय सरकारसँग मिलेर सामुदायिक वनहरुले थप विकास र वातावरण संरक्षणमा योगदान दिने बताए ।
कार्यक्रममा आदर्श सामुदायिक वन उपभोत्ता समूह बुद्धभूमि १ का अध्यक्ष राम नरेश थारुले सामुदायिक वनले गरेका काम र आगामी वर्षका लागि योजना पेश गरेका थिए ।
त्यस्तै कोषाध्यक्ष बुद्धिराम चौधरीले आर्थिक वर्ष २०७४।७५ को वनको ७५ लाख ५० हजार बराबरको आयव्याय पेश गरेका थिए ।
कार्यक्रममा २ दर्जन बुद्ध तथा ४ जना अपांगता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
इश्वर पुनको संचालनमा भएको साधारण सभामा सेक्टर वन कार्यालयका फरेष्टर स्लाम अली गद्दी, सिद्धार्थ स्मारक माविका अध्यक्ष डिलाराम पौडेल, वडासदस्य इश्वरी प्रसाद खनाल लगायतले सामुदायिक वनको सफलताका लागि शुभकामना दिएका थिए ।
तपाईको प्रतिक्रिया