धनुषा, २१ माघ । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित जानकी मन्दिरको प्राङ्गणमा ब्रोडकास्टिङ्ग प्रालिको आयोजना तथा प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको सहकार्यमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत‘सप्तरङ्ग’ सांगितिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पर्यटनमन्त्री रामनरेश राय, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिबहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैत, महिला अधिकारकर्मीहरु, बाल क्लवहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया