समानताले मात्र समृद्धि ल्याउँछ : मुख्यमन्त्री राउत

समाचार

9/22/2019

जनकपुरधाम, ४ असोज । मुख्यमन्त्री मो.लालबाबु राउतले समानताले मात्र प्रदेशमा समृद्धि ल्याउने बताएका छन् ।

महोत्तरीको मटिहानीमा आयोजित नगरपालिकास्थित सामुदायिक विद्यालयको कक्षा ९मा अध्ययनरत छात्रा छात्राको लागि ल्यापटप वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशभित्र रहेको भेदभाव अन्त गर्दै समान्ता ल्याइए मात्र समृद्धि सम्भव हुने बताए ।

विश्वका समृद्ध मुलुकहरुमा महिला पुरुष, दलित गैरदलित जस्ता विभेद नरहेको उदाहरण दिँदै मुख्यमन्त्री राउतले भने,‘ हामीलाई समृद्धि प्राप्त गर्नु छ भने विभेद अन्त गर्नु पर्दछ र प्रदेश सरकार त्यसमा अगाडी बढेको छ ।

प्रदेश सरकारले समाजमा रहेको विभेद अन्त गर्नका लागि बेटी पढाउ बेटी बचाउ कार्यक्रम संचालन ल्याई सकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले केही दिन भित्रै दलित सशक्तिकरण ऐन र मदरशा शिक्षा बोर्ड जस्ता विधेयक पारित गर्न लागेको दावी गरे ।

आजको प्रतिस्पर्धात्मक युगमा प्राविधिक शिक्षाले मात्र सबैलाई रोजगारी दिन सक्ने उल्लेख गर्दै मुख्यमन्त्री राउतले मटिहानी नगरपालिकाले कक्षा ९का छात्र छात्राहरुलाई ल्यापटप उपलब्ध गराएर प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण टेवा पु¥याएको भन्दै प्रशंसा समेत गरे ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश प्रसाद सिंह , समाजवादी पार्टीका प्रदेश समिति सदस्य मोजिम राइन सहितका वक्ताहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा श्रीराम मावि मटिहानीका ७४ र मावि मझौराका २५ छात्र छात्राहरुलाई ल्यापटप वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ