कैलाली, २७ असोज । सीमा नाका हुँदै आवागमन गर्ने नागरिकको समस्या समाधानमा सघाउ पु¥याउन गौरीफन्टा सीमा नाकामा नेपालको सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा आएको छ ।
“नागरिकलाई सीमापार गर्दा हुने समस्या समाधान गर्न संयुक्त सहायता कक्ष स्थापना गरेका हौँ, सहायता कक्षमा खटिएका एसएसबीका जीएन शर्माले भने– सहायता कक्ष सञ्चालन भएबाट सीमामा व्यहोर्नुपर्ने समस्या पनि हट्दै गएको छ ।” यो कक्ष सञ्चालनबाट सीमामा आवागमन गर्ने नागरिकमाथि हुने गरेका ज्यादति र दुव्र्यवहारका घटना रोकिएको सशस्त्र प्रहरी बलका वीरबहादुर साउदले बताए ।
सीमामा पुग्ने यात्रुलाई गन्तव्यमा पु¥याउने रिक्साले भने मनपरी भाडा असुल्ने प्रवृत्ति देखिँदा यात्रुले समस्या भोग्नुपरेको शर्माले बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिनअघि गौरीफन्टा सीमा नाकाको निरीक्षण गरी रिक्सा चालकलाई मनपरी भाडा नलिन निर्देशन दिएका थिए ।
तपाईको प्रतिक्रिया