कपिलवस्तु, ७ मंसिर । चार बर्ष पहिला एक युवतीमाथि सामुहिक बलात्कार गरि फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।
जिल्लाको साविक पकडी गाविस (हाल मायादेवी गाउँपालिका) वडा नं १ मा एक युवतीमाथि ५ जना युवाले सामुहिक बलात्कार गरेका थिए ।
जसमध्येका मुख्य आरोपित कलामुद्धिन मुसलमानलाई कपिलवस्तु प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पकडीले शनिबार दिउँसो मुसलमानलाई पक्राउ गरेको हो ।
युवती भारती थिइन् । उनलाई बलत्कार गरेर अभियुक्तले भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने योजना बनाएका थिए ।
घटना सार्वजनिक भएपछि कपिलवस्तुका अधिकारकर्मीले दोषिलाई पक्राउ गर्न तीव्र दबाब दिएका थिए ।
घटना घटेपछि प्रहरीले उतिबेलै दुई जनालाई तत्काल पक्राउ गरेको थियो भने तीन जना फरार रहदै आएका थिए । जसमध्येका एक मुख्य आरोपित शनिबार पक्राउ परेका हुन् । अझै दुई जना फरार रहदै आएका छन् ।
तपाईको प्रतिक्रिया