स्वतन्त्र राजनीतिक समूहको विस्तारित बैठक बस्ने

समाचार

8/22/2019

काठमाडौं, ५ भाद्र । मधेशवादी नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहको विस्तारित बैठक बस्ने भएको छ । पछिल्लो निर्बाचनमा नेकपासँग राजनीतिक गठबन्धन गरी निर्बाचनमा भाग लिएको त्रिपाठीको राजनीतिक समूह यही महिनाभित्र काठमाडौमा विस्तारित बैठक गर्न लागेको हो ।

राजनीतिक समूहका संयोजक त्रिपाठीले समूहको विस्तारित बैठक समसामयिक राजनीतिक परिस्थिति तथा सरकारको कामकाजको समीक्षाका साथै स्वतन्त्र समूहको भावी रणनीति तयार गर्नेमा केंद्रित रहने बताएका छन् । पछिल्लो समयमा नारायणी पश्चिमका जिल्लाहरूमा मात्र सीमित रहेको हाल पूर्बी जिल्लाहरूमा पनि बिस्तार भइसकेको त्रिपाठीले मधेशवाणीलाई बताएका हुन् ।  

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ