काठमाडौं, १९ मंसिर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवाद समाधानका लागि भारतसँग वार्ताको तयारी भइरहेको बताएका छन् ।
परराष्ट्र मन्त्री ज्ञवालीले सीमा बचाउ अभियानकातर्फबाट लिम्पियाधुरासहितको नक्सा हस्तारन्तण गर्न गएको टोलीलाई सीमा विवाद समाधानको गृहकार्य भइरहेको जानकारी गराए ।
मन्त्री ज्ञवालीले प्रधानमन्त्रीस्तरमा, परराष्ट्रमन्त्रीस्तरमा, सचिवस्तरमा गरी तीनै तहमा वार्ता गरिने बताए ।
सीमा बचाउन अभियानका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरिशंकर लाल दासमार्फत लिम्पियाधुरासहितको नक्सा हस्तान्तरण गरेका थिए ।
अभियानका सदस्य श्याम श्रेष्ठले तथ्य र प्रमाणको आधारमा लिम्पियाधुरासहित भूमि नेपालकै भएको कारण सरकार तत्काल कुटनीति पहल गर्न सुझाव दिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया