सीमा विवाद तत्काल टुंग्याउनुपर्छ : पूर्वप्रम नेपाल

समाचार

1/5/2020

कञ्चनपुर, २० पुस । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल–भारतबीको सीमा विवाद तत्काल टुंग्याउनुपर्ने बताएका छन् ।

उनले दुई देशबीचको मित्रतालाई अझ सुमधुर र बलियो बनाउन यस्ता समस्याहरु तत्काल सम्बोधन गर्न दुवै देशका सरकार गम्भीर हुनुपर्ने समेत बताएका हुन् ।

प्रेस संगठन नेपालले महेन्द्रनगरमा आयोगजना गरेको एक कार्यक्रममा पूर्वप्रम नेपालले यस्तो बताएका हुन् । ‘नेपाल र भारतबीच देखिएको कालापानी लगायत क्षेत्रको सीमा विवाद तत्काल टुंग्याउनुपर्छ’ उनले भने ।

कालापानी क्षेत्र लगायतको विषयमा तथ्य र प्रमाणका आधारमा टुंग्याउनु पर्नेमा उनले जोड दिएका हुन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ