सीमा स्तम्भ मर्मत गर्न नेपाल र भारतबीच सहमति

समाचार

1/18/2020

कञ्चनपुर, ४ माघ । नेपाल भारतका अधिकारीबीच सीमा सर्वेका क्रममा देखिने विवाद संयुक्त रूपमा बसेर छलफल गरी समाधान गर्न सहमत भएका छन् ।

नेपाल भारतका अधिकारीबीच सीमा व्यवस्थापनका सम्बन्धमा कञ्चनपुरको सिमावर्ती भारतीय बजार बनवासामा बसेको बैठकले जीर्ण अवस्थाका सीमा स्तभ मर्मत गर्ने र हराएका सीमा स्तम्भको खोजी गर्ने सहमति गरेका छन् ।

सीमा स्तम्भ नम्बर सात सयदेखि आठ सय ११ सम्मको जोर सीमा स्तम्भ भारतले मर्मत गर्ने र विजोर सीमा स्तम्भ नेपालले मर्मत गर्ने, पुनः स्थापन गर्ने समहमि भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिए ।

उनका अनुसार कैलालीको खैक्रोलादेखि कञ्चनपुरको खल्लामुसेटीसम्मका सीमा स्तभहरू पुनः निर्माण तथा मर्मतसम्भार गर्ने सहमति भएको छ ।

सीमामा हुने अपराध नियन्त्रणका लागि संयुक्त पहल गर्ने, कुनै ठाउँमा विवाद देखिएमा दुवै देशका सुरक्षाकर्मीको आपसी समझदारीमा हल गर्नेलगायतको विषय सहमति भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ